file photo

प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको अश्लील टिकटक बनाएको आरोपमा झापामा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले मेचीनगर नगरपालिका–६ बर्मेली टोलका ३८ वर्षीय विकास भन्ने सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको विषयमा अश्लील टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

घिमिरेविरुद्ध प्रहरी प्रधान कार्यालय साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखामा मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो। प्रहरीमा उजुरी परेपछि प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका घिमिरेलाई साइबर ब्युरो अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौं पठाइसकेको छ। पक्राउ परेका घिमिरेलाई प्रहरी विद्युतीय ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको ब्युरो शाखाले जनाएको छ।