धादिङको गजुरीबाट हराएकी २० वर्षीया युवती सम्झना रोक्काको शव १० दिनपछि भेटिएको छ । गजुरी गाउँपालिका ८ किरान्चोक निवासी रोक्काको शव आइतबार विहान भेटिएको हो । साउन १ गतेदेखि सम्पर्कविहिन भएकी रोक्काको शव उनकै घरमाथिको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । बटुवाहरुले गन्ध थाहा पाएपछि हेर्दा मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।