टोकियो ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिनाले इजिप्टलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा अर्जेन्टिनाले इजिप्टलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा फाउन्डो मेडीनाले खेलको ५२औ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो ।

यस अघि पहिलो खेलमा अर्जेन्टिना अस्ट्रेलियासँग २-० गोल अन्तरले पराजित भएको थियो भने इजिप्ट पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

समुह सि मा रहेको अर्जेन्टिनाको २ खेलमा ३ अंक भएको छ भने नकआउट चरणमा पुग्न अन्तिम खेल कम्तिमा बराबरी खेल्ने पर्ने भएको छ । त्यस्तै इजिप्टको भने २ खेलमा केवल एक अंक रहेको छ ।

अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा बुधबार स्पेनसँग खेल्ने छ भने इजिप्टले अस्ट्रेलियाविरुद्ध खेल्ने छ ।