विश्वमा धेरै आबिष्कारहरु भइरहेका छन् । विश्वमा पत्याउनै मुश्किल गरी प्रविधिको विकाश भइरहेको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्न छिटो र सजिलो गरी पुग्न सकिने साधन हो कार ।

विश्वमा यस्तो कार पनि छ, जुन कार हामिले देखेका र सुनेका पनि छैनौं । अमेरिकामा विश्वकै सबैभन्दा लामो कार रहेको छ । उक्त लामो कार ‘लिमोजिन’जसलाई ‘अमेरिकन ड्रीम’को उपमा दिइएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम पनि दर्ता भइसकेको यो कारको लम्बाई १०० मिटर रहेको छ । यस कारमा स्वीमिङ पुलदेखि हेलिप्याडसम्मको सबै सुविधा रहेको छ । यस कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका छन् ।

यस कारलाई सन् १९८६ मा अमेरिकाको क्यालिफोर्नियामा ओहरबर्गले डिजाइन गरेका थिए । मिनी किचन, बाथरुम, बेडरुम, हेलिप्याड लगायतको सुविधा रहेको यो कारका २६ वटा पांग्रा रहेका छन् । अहिले यो कारको हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको बतायएको छ ।