टोकियो ओलम्पिकमा भारतकी मीरबाई चानूले रजत पदक जितेकी छन् ।

चानूले ४९ किलो तौल समुहको वेटलिफ्टिंगमा रजत पदक जितेकी हुन् । उनलाई चीनकी होउ जुहइले पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै इन्डोनेसियाकी विंडी असाहले कश्य पदक जितेकी छन् ।

चानू वेटलिफ्टिंगमा रजत पदक जित्ने अहिलेसम्म कै पहिलो खेलाडी बनेकी छन् । त्यस्तै यस ओलम्पिकमा भारतका लागि पहिलो पदक दिलाउने खेलाडी पनि चानू बनेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले चानूलाई बधाई दिएका छन् ।

वेटलिफ्टिंगमा यस अघि २००० को सिड्नी ओलम्पिकमा भारतकी कर्णम मल्लेश्वरीले कश्य पदक जितेकी थिइन् ।