अफगानिस्तानमा सुरक्षाकर्मीको हवाई आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । शुक्रबार २ प्रान्तमा गरिएको हवाइ आक्रमणमा ३० तालिवान लडाकुको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणमा १७ जना घाइते भएका छन् ।

उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तको मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रय स्थललाई लक्षित गरी
हवाइ आक्रमण गरेका गरिएको थियो ।

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकुले प्रयोग गर्ने विभिन्न सामग्री बरामद गरेका थिए ।