'सुपर डान्स' शोमा शिल्पाको स्थानमा राखियो करिश्मा कपुरलाई

काठमाडौं – बलिउड अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ को आउँदो एपिशोडमा नदेखिने भएकी छिन् । पति राज कुन्द्रा पक्राउ परेपछि तनावमा रहेकी शिल्पाले सुपर डान्सर मा जाने मन गरिनन् ।

अब शोमा उनले स्थानमा करिश्मा कपुर आएकी छिन् । शोको निर्णायकमा रहेकी शिल्पाले मंगलबार हुनुपर्ने  सुटिङमा आइनन् । उनले शोमा आफु नआउने बताएपछि करिश्मालाई बोलाइएको बताइएको छ ।

करिश्मा अब शोमा शिल्पाको स्थानमा नभई एउटा गेष्ट बनेर जाने बताइएको छ । उनी एक शोको लागि मात्र जाने बताइएको छ ।  आउँदो शोमा अब निर्णाकको रुपमा करिश्मा कपुर, गीता पुर र अनुराग देखिनेछन् ।

शिल्पाका पति अहिले प्रहरीको हिरासतमा छन् । अश्लील फिल्म बनाएको आरोपमा सोमबार पक्राउ परेका राजलाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिइसकेको छ ।