'विपद् जोखिम न्यूनीकरण सद्भावना दूत' मा नियुक्त भए प्रकाश सपुत र सुनिता दुलाल

काठमाडौं – ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल नियुक्त भएका छन् । बिहिबार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरुलाई सद्भावना दूतमा नियुक्त गरेको हो ।

बिहिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी दुवै जनालाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्न ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ मा नियुक्त गरिएको हो ।

यस वर्ष सिन्धुपाल्चोक लगायतका ४८ जिल्ला बाढी र पहिरोबाट क्षति पुगेको र उक्त क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।