हेटौंडा । मकवानपुरमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९४ जनामा पिसिआर र ६९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमश ४१ र ११ जना गरी थप ५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ३७ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका ६ जना,थाहा नगरपािलका र भीमफेदी गाउँपालिका भित्रका ३/३ जना,बकैया गाउँपालिका भित्रका २ जना र मकवानपुरगढी गाउँपालिका भित्रका १ जना रहेका छन् । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार ३ सय २९ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५ सय ९२ जना पुगेको छ ।

जिल्लामा हाल ५ सय ५६ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ७ जना घरमा र ४९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयलले जनाएको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।