File photo

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२९ जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १ हजार २८८ जना संक्रमित संक्रमण मुक्त भई घर फर्किसकेका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ९ हजार ६६१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २७ हजार ३७५ रहेको छ ।