हेटौंडा । हेटौंडाको चौकिटोल ओरालोमा कार र स्कुटर ठोक्किदा एक जना घाईते भएका छन् ।

No description available.

केहिबेर अघि चौकिटोलबाट हेटौंडा तर्फ आउँदै गरेको बा १८ च १६६९ नंबरको कार र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ६२०२ नंबरको स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घाईते भएका हुन् ।

घाईते हुनेमा हेटौंडा-१ बस्ने जगत बहादुर तामाङ रहेका छन् । उनको हात र खुट्टामा मध्यम चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।