हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–८ इच्चुङ र वखरडाँडा जोड्ने झोलुङ्गे पुलको आज उद्घाटन् गरिएको छ । बागमती प्रदेशसभाका सदस्य कुमारी मोक्तानले पुलको उद्घाटन् गरिन् ।

झोलुङ्गे पुल निर्माण भएपछी स्थानीयलाई धेरै सहज भएको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले बताए । एक करोड रुपैयाँ लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । झोलुंगे पुल बनेपछि आफुहरुलाई निकै सहज भएको स्थानीयहरुको भनाई रहेको छ । वर्षातको समयमा पुल नहुँदा आवतजावतमा समस्या पर्ने गरेको स्मरण गर्दै स्थानीयहरुले पुल बनेपछि आफुहरुको ठुलो समस्या समधान भएको बताए ।