भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएकोमा नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आलोचनात्क टिप्पणी गरे ।

आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्बिर बाबुरामका भारतीय पूर्वसहपाठीले पठाएको भन्दै बाबुरामले योगी आदित्यनाथको उक्त कामको टिप्पणी गरेका छन् ।

‘यस्तो काम भनेको दूधलाई त्यसै फ्याँकेर पिसाब पिएजस्तो हो,’ उक्त तस्बिरमा लेखिएको छ । तर यो वाक्यांश बाबुराम  स्वयमले लेखेका भने होइनन् ।

बाबुरामले उक्त तस्बिर ट्वीटरमा शेयर गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?’ थापाले बाबुरामलाई प्रश्न गरेका छन् ।