file photo

काठमाडौँ  । कोरोनाविरुद्धको अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन खोप १८ वर्ष माथिका नागरिकलाई दिइने भएको छ ।

काठमाडौँमा वुधबारबाट १८ वर्ष माथिका नागरिकलाई उक्त खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

त्यसका लागि विभागले काठमाडौँ जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गरेको छ ।

विभागका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई १ लाख ४० हजार मात्रा खोप दिने लक्ष्य राखिएकोमा २ दिनमा ४० हजार मात्रा खोप लगाइएको छ ।