file photo

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो । केपी शर्मा ओली पक्षको कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलमा भएको कामबारे ब्रिफ्रिङ गरेका थिए ।