हेटौँडा । मकवानपुर क्षेत्र नंबर २ बाट प्रतिनिधित्व गर्ने सांसद बिरोध खतिवडाले मन्त्री हुन नपाएको झोकमा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिएको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बताएका छन् ।

हेटौँडामा भएको एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति दाहालले बिरोध खतिवडा सहित २२ अन्य सांसदहरुले मन्त्रीको लागि एमाले भएर पनि नेपाली कांग्रेस नेतृत्वको सरकारलाई मतदान गरेको दाहालको भनाई छ ।

उनले भने ‘ प्रतिनिधि भैसकेपछि कहिलेकाँही केहि मान्छे मात्तिने रैछन, मन्त्री खान नपाइएको झोकमा हाम्रा २२ जना सांसदले शेरबहादुरलाई भोट हाले, यसै जिल्लाका प्रतिनिधिले पनि उतातिर भोट हाले, हामी दुईजना प्रतिनिधिमध्ये एकजनाले उता भोट हाले, किन हाल्या भन्दा मन्त्री मलाई दिएन त्यै भएर हाल्या, मन्त्री जम्मा २५ जना हुन्छ, हामी हुन्छौ २७५ अझ ५९ जोडदा ३ सय धेरै हुन्छौ, २५ जना भन्दा बढी मन्त्रीनै हुन्न, अनि ३ सय भन्दा बढिलाई के गरि एकैपटक मन्त्री दिने ? अनि त्यसो भएत २५ भन्दा बढी त अरु पार्टीमा जाने भए नि त, यदि त्यसै गर्ने हो भने , त्यसो गरेर हुन्छ र ? हामीलाई मन्त्री हुन तपाईहरुले चुनेर पठाएको हो र ?, मन्त्री नभए यो पार्टी छोडि दे भन्या हो र ? हामीलाई त जनताको असल प्रतिनिधित्व गर्नु भनेर पठाएको हो ।’

दाहालले भूमिहिन, सकुम्बासीलाई जमिन उपलब्ध गराउने भनेर स्थापना गरेको सुकुम्वासी आयोग खारेज गरेर सरकारले गैरजिम्मेवार र गरिबको लागि निकै ठुलो घात गरेको बताए । उनले भने ‘ तपाईहरुको जमिनको अधिकार दिन्न भन्नेहरु विभिन्न बाहाना बनाएर भोट माग्न आउन सक्छन, उनिहरुलाई मुखभरीको जवाफ दिएर फर्काइदिनु, भन्दीनु हाम्रो अधिकार खोस्नेलाई हामी मत दिन्नौ ।

नेकपा माओवादी केन्द्रसँग एकिकरण भएको समयबाट एमालेको समेत संगठन अस्तब्यस्त भएको भन्दै दाहालले माओवादीले कहिल्यौ पनि आफ्ना कति सदस्य छन भनेर पार्टीमा जानकारी नगराएको बताए । पटक–पटक सदस्य संख्याको बारेमा सोध्दा हाम्रो त सदस्यसंख्या बोरामा छ खोल्नुपर्छ भन्दाभन्दै तीन वर्ष बित्यो तर बोरो भने नखुलेको दाहालको भनाई रहेको छ ।