भुलेर पनि पुन: तताएर नखानुहोस् यी खानेकुरा, हुन्छ क्यान्सर लगायतका रोगको खतरा

काठमाडौं – हामिले दैनिक विभिन्न परिकारका खानेकुराहरु खाने गर्छौं । खाना खाने क्रममा खना रहेमा भोलिपल्ट वा केही समयपछि तताएर खाने गर्छौं । तर हामिले खाना तताएर खाएमा स्वास्थ्यका लागी हानीकारक हुन्छ।

यो कुरा हामिलाई थाहाँ छ, तर थाहा हुदा हुदै पनि कहिलेकही बढी भएको खाना तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन, जुन पुनःतताएर खाँदा क्यान्सर लगायतका विभिन्न रोगको खतरा हुन्छ ।

कुखुराको मासु – हामिले कखुराको मासुलाई फेरि तताएर खानु हुँदैन । फेरि तताएर मासु खानु हानिकारक हुन्छ किननी यसमा पाइने प्रोटिन कम्पोजिशन फेरि तताउँदा बदलिन्छ र पाचन सम्बन्धी समस्या हुन्छ ।

आलु – आलुलाई पनि हामिले पुन तताएर खानुहुँदैन । आलु दोहोर्याएर तताएमा त्यसमा भएको सबै पोषक तत्व नास हुन्छ र पेटमा विभिन्न समस्याहर देखिन्छ ।

च्याउ – च्याउ पनि हामिले सकेसम्म सधैँ ताजा खानु राम्रो हुन्छ । च्याउलाई प्रोटिन धेरै हुने गर्छ । पकाएको च्याउलाई फेरि तताएर खाँदा यसमा पाइने प्रोटिनको कम्पोजिसन फेरिन्छ जुन स्वास्थ्यलाई हानि गर्छ ।

पालुंगो साग – पालुंगोको सागको तरकारी पनि पुन तताएर खानुहुँदैन । यसलाई दोहोर्याएर तताएमा यसमा भएको सबै पोषक तत्व नास हुन्छ ।

हामिले अण्डा, खाना लगायतका विभिन्न खानाहरु सकेसम्म फेरि तताएर नखाएकै राम्रो हुन्छ ।