नेपाल प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट ‘राष्ट्रिय कविता प्रतियोगिता–२०७८’ सम्पन्न गरेको छ ।

प्रतियोगितामा भोजपुरकी कविता राई प्रथम भएकी छिन्। उनी ‘देशको नक्सा’ शीर्षकको कविताबाट प्रथम भएकी हुन् ।

प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा पुस्कृतहरुको नाम सार्वजनिक गरेका छन् ।

प्रतियोगितामा धादिङकी अमृता स्मृति द्वितीय, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरन्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन्।