हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ को पशुपतिनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।

केहिबेर अघि हेटौंडा बजारबाट रातेमाटे तर्फ जाँदै गरेको प्रदेश-३-०३-००१ प ६६५० नंबरको मोटरसाईकलले बा प-०३-०० प ३१७० नंबरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल दुर्घटना भएको स्थानीय प्रतक्ष्यदर्शी दीक्षान्स खड्काले जानकारी दिए ।

एकैदिशा तर्फ गईरहेको प्रदेश-३-०३-००१ प ६६५० नंबरको मोटरसाईकलले ओभरट्रयाक गर्ने क्रममा अनियन्त्रित हुँदा बा प-०३-०० प ३१७० नंबरको मोटरसाईकललाई ठक्कर दिएको स्थानीयको भनाई छ । दुर्घटनामा ३ जना घाईते भएको र उनिहरुलाई उपचारको चुरेहिल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।