हेटौंडा । पूर्वी मकवानपुरमा धरान-चतरा सडक खण्डमा काम गर्ने कालिका कन्ट्रक्सनका ३७ जना कामदारमा कोरोना पुष्टि भएको छ ।

आज बागमती गाउँपालिकाले वडा नंबर ८ स्थित कन्ट्रक्सनको कार्यलयमा गरेको एन्टीजेन परीक्षणमा ३७ जनामा कोरोना देखिएको गाउँपालिकाको स्वास्थ्य संयोजक दिनेश गुप्ताले जानकारी दिए । उनका अनुसार आज ८७ जनामा परीक्षण गरिएको थियो । यो संगै कालिका कन्ट्रक्सनका ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि हिजो पनि कन्ट्रक्सनका १६ जनामा कोरोना पुष्टि भएको संयोजक गुप्ताको भनाई छ ।

संक्रमण पुष्टि भएकाहरुलाई कन्ट्रक्सनले आफ्नै आइसोलेसनमा राखेर उपचार सुरु गरेको संयोजक गुप्ताले जानकारी दिए । यो संगै बागमती गाउँपालिकामा कोरोना पुष्टि हुनेको संख्या २ सय १७ जना पुगेको छ । यहाँ हालसम्म १ सय ४० जना संक्रमण भइसेको छ । गाउँपालिकामा कोरोनाको कारण हालसम्म २ जनाको मृत्यु भएको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना पुष्टि भएको छ । २ सय ७६ जनामा गरिएको परीक्षणमा थप १ सय २० जनामा कोरोना देखिएको हो । यो संगै जिल्लामा संक्रमण पुष्टि हुनेको संखया १० हजार ५ सय ४३ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जिल्लामा हालसम्म ९ हजार ३ सइ २७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १३ जनाले कोरोना जितेका छन् । जिल्लामा आजको दिनमा ९ सय ७४ जना र १ सय ५ जना संस्थागत आइसोलेसनमा उपचारत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा कोरोनाको कारण थप ३ जनाको मृत्यु