file photo

हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार राती १२ बजेबाट लागु हुनेगरे नयाँ मोडालिटि सहितको निषेधज्ञा जारी गरेपछि मंगलबार बिहानबाट हेटौँडा सहित मकवानपुर जिल्लाभर नीजि सबारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन् ।
विशवब्यापी महामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमण न्यूनिकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट लागु गरेको निषेधज्ञालाई पछिल्लो समय खुकुलो गर्दै लाने क्रममा कार्यलयले यस्तो ब्यवस्था गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले असार ७ गते राती १२ बजेबाट असार १४ गते राती १२ बजेसम्म निषेधज्ञा थप गरिएको आदेश जारी गरेसँगै यो पटक नीजि सबारीसाधनलाई सहज बनाईएको हो । निषेधज्ञामा अटो तथा टेम्पोलाई पनि जोर बिजोर प्रणालि अन्र्तगत स्वास्थ्य मापदण्ड पालना गर्दै २ जना यात्रुलाई बोक्नको लागि छुट गरिएको छ । अर्थात अब अटो तथा टेम्पुहरुले एक पटकमा दुईजना यात्रुलाई बोक्न पाउने भएका छन ।
तर प्रशासनले सार्वजनिक यातायातको महत्वपूर्ण सबारीको रुपमा रहेको बस, मिनिबस, माईक्रो, सुमो लगाएतको सेवालाई भने सञ्चालनको अनुमती दिएको छैन् ।