हेटौंडा । सहयोगी मन नेपालले निषेधाज्ञाको समयमा समस्यामा परेको परिवारलाई उनीहरुको घरदैलोमा पुगेर सहयोग गर्ने कामलाई निरन्तरता दिएको छ ।

निषेधाज्ञाको समयमा कोठा भाडामा बस्नेहरु निकै समस्यामा परेको थाहा पाएपछि विभिन्न ब्यक्तिहरुको सम्पर्कको आधारमा आफुहरुले सहयोगी कामलाई निरन्तरता दिएको सहयोगी मनका अध्यक्ष केदारप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए । सहयोगी मनले शुक्रबार हेटौंडा ५ मा डेरागरी बस्ने ५ परिवारलाई महिना दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ । त्यस्तै बिहिवार हेटौंडा १४ का २ परिवारलाई महिना दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष चौलागाईले बताए ।

सहयोगी मनको लागि विभिन्न सामजिक अभियान्ताहरु, समाजसेवीहरुको सहयोग हुँदै पनि आएको छ । निषेधाज्ञाको समयमा कोहि समस्यामा परे हामीलाई जानकारी दिन समेत चौलागाईले आग्रह गरेका छन् ।