हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । मृत्युु हुनेमा २ जना जिल्ला भित्रका र एक जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार मृत्यु हुनेहरुमा हेटौंडा-१ का ७१ वर्षीय पुरुष,मनहरी-१ की ७४ वर्षीया महिला र सलार्हीका-७३ वर्षीय पुरुष रहेका छन् ।

हेटौंडा १ का वृद्धकलाई जेठ २७ गते कोरोना पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पताल भर्ना गरिएको र असार ३ गते हिजो दिउँसो उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

यसैगरि सलार्हीका ७३ वर्षीय वृद्धमा जेठ २८ गते कोरोना पुष्टि भएको र उपचारको लागि सोहि दिन हेटौंडा अस्पतालमा भर्ना भएको र गएराति उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मनहरी १ की ७४ वर्षीया वृद्धामा जेठ २५ कोरोना पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यो संगै जिल्लामा जिल्ला भित्रका कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ ।

यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा २ सय ५६ जनामा गरिएको कोरोना परीक्षणमा ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १० हजार १ सय ८९ पुगेको कार्यलयले जनाएको छ ।

जिल्लामा हालसम्म ८ हजार ९३३ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा एक सय ७ जनाले कोरोना जितेका छन् । जिल्लामा हाल १ हजार १ सय २४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।