File photo

नेपालमा थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १ हजार ९ सय ६३ र एन्टीजेन परिक्षणबाट ८ सय ५ गरि थप २ हजार ७६८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ४१ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५९ हजार ६२४ पुगेका छन् ।