हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ तिनताप्केबाट अबैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मिनि टाटा गाडीबाट सालको काठसहित दुई जनालाई पक्राउ गरेको हो ।

गएराति बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ख ०१३२ नम्बरको मिनि टाटा गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीबाट ५४ क्युफिट(२७ वटा फेन्टा)अबैध सालको काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्यर रिमालले बताए ।

प्रवक्ता रिमालका अनुसार पक्राउ पर्नेमा गाडी चालक हेटौंडा उपमहानगरपालिका वडा नं.११ का २३ वर्षीय सुखराम रुम्बा र हेटौंडा उपमहानगरपालिका वडा नं.१३ का २४ वर्षीय दिपेश लामा रहेका छन् । सो काठ ओसार–पसारमा सम्लग्न लामालाई सोही गाडिको पछाडि ना ५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएको आवस्थामा पक्राउ गरिएको उनले बताए ।

उक्त काठ, गाडी र मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्‍यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको छ ।