युरोकप अन्तर्गत रसियाले दोस्रो खेलमा जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा रसियाले फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रसियाको जितमा अलेकसेइ मिरानचुकले खेलको पहिलो हाफमा गरेको गोलनै निर्णायक गोल बनेको थियो । समुह बि मा रसियाको २ खेलमा ३ अंक भएको छ भने फिनल्याण्डको पनि २ खेलमा ३ अंक भएको छ ।

रुसले अब समुह चरणको आफ्नो अन्तिम खेल डेनमार्कविरुद्ध जुन २२ मा खेल्ने छ भने फिनल्याण्डले जुन २२ मै बेल्जियमसँग खेल्ने छ ।