युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लगातार दोस्रो जित हासिल गर्दै इटाली युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो । इटालीको जितमा मानुएल लोकाटेलीले दुई गोल गरेका थिए भने किरो इमोबाइलले एक गोल गरेका थिए ।

समुह ए बाट इटालीको दुई खेलमा ६ अंक भएको छ भने वेल्सको २ खेलमा ४ अंक रहेको छ ।