युरोकप अन्तर्गत वेल्सले टर्कीलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेल्सले टर्कीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वेल्सको जितमा एरोन रामसीले खेलको ४२औ मिनेटमा एक गोल गरेका थिए भने दोस्रो गोल कोन्नोर रोबेर्ट्सले खेलको ९५औ मिनेटमा गरेका थिए ।

यस खेलमा खेलको ६१औ मिनेटमा वेल्सले पाएको पेनाल्टी ग्यारेथ बेलले मिस गरेका थिए । तर वेल्सका दुवै गोल वेलले नै असिस्ट गरेका थिए । यो जितपछि वेल्सको २ खेलमा ४ अंक भएको छ भने टर्कीले दुवै खेलमा हार बेहोरेको छ । अब समुह चरणको अन्तिम खेलमा वेल्सले इटालीको समान गर्ने छ भने टर्कीले स्वीट्जरल्याण्डको सामना गर्ने छ ।