भारतको महाराष्ट्रमा रहेको हात्ती निकै चलाख छ । तिर्खा लागेको बेला ताल तथा पोखरी नभेटिएमा आफै धारा चलाएर पिउने गर्छ ।

रुपा नामको हात्तीको एक भिडियो अहिले निकै चर्चामा छ । बीबीसी नेपालीले राखेको यस भिडियोमा रुपाले धारा चलाएर मज्जाले पानी पिएकी छिन् ।

भारतको आसाममा जन्मिएकी रुपालाई सबैले चलाख हात्ती भन्ने गर्छन् । भिडियोमा रुपाले धारा चलाउछिन् र तल जम्मा भएपछि पानी पिउछिन् । हेर्नुहोस् बीबीसीको यो भिडियो