सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको मनहरी ६ स्थित मनहरीबाट रुपाचौर जाने सडकमा भएको मोटरसाईल दुर्घटनामा भएको घाईतेहरुको पहिचान खुलेको छ ।

घाईते हुनेहरुमा चितवन राप्ती नगरपालिका वडा नंबर ६ का ३८ वर्षीय चित्र बहादुर लामा र ३३ वर्षीया लक्ष्मी लामा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

मनहरीबाट रुपाचौर जाने सडकमा आफै अनियन्त्रीत हुँदा लु ६२ प १००६ नंबरको मोटरसाईकल दुर्घटनामा परेको ।

मोटरसाईकल सडकबाट अन्दाजी एक सय मिटर तल खसेको प्रहरीको भनाई रहेको छ । मोटरसाईकलमा सवार दुई जना श्रिमान,श्रिमती रहेको प्रहरीको भनाई रहेको छ ।

घाईते हुनेहरुमा पुरुषको अवस्था गम्भिर रहेको र महिलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ । उनिहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी मनहरी पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।