हेटौँडा ।
बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका एकजना प्रदेश सभा सदस्यले आपत्तिजनक अभिब्यक्ति दिएका छन् । प्रदेशसभा नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रधानमन्त्री केपीशर्मा ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका हुन्। ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो यो, कोही बन्न तयार छैन भने म बन्छु।’
उनले प्रधानमन्त्री ओलीले सत्ताको लागि जस्तोसुकै सम्झौता गरेको बताउँदै उनले ओली हत्याको लागि नाथुराम बन्न कोहि अघि नबढे आफै नाथुराम बन्ने चेतावनी समेत दिए । उनले ओलीलाई नरोके देश नरहने समेत दाबी गरे ।
बैद्यले सदस्य मर्यादा नाघेर अभिब्यक्ति दिएका हुन् । उनले सरकारका उपप्रधानमन्त्री समेत रहेका नेता राजेन्द्र महतोलाई नेपाली नागरिक हो कि हैन भन्ने प्रश्न समेत गरेका छन ।
नाथुराम गोडसेले सन १९४८ जनवरी ३० मा महात्मा गान्धीको हत्या गरेका थिए।