हेटौंडा । बागमती प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले दोलखाको चरिकोटमा रहेको अस्पताललाई ‘पशुपति चौलागाई स्मृति अस्पताल’ नामकरण माग गरेका छन् ।

बागमती सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा छलफलका लागि प्रदेश सभामा पेश गरेपछि आफ्नो धारणा राख्दै सांसद पाण्डे कोरोनाका कारण निधन भएका सांसद चौलागाईंको नाममा अस्पताल सन्चालन गर्न माग गरेका हुन् ।