पोखरा : गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखकहाँ दाबी पेस गरेका छन्।  माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा एकजना स्वतन्त्र सांसदको हस्ताक्षरसहित उनी प्रदेश प्रमुखकहाँ गएका हुन्।

पोखरेलले जनमार्चाका २, जसपाका २, माओवादीका ११, कांग्रेसका १५ र एक स्वतन्त्रको समर्थन आफूलाई रहेको दाबीसहित मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न दाबी पेस गरेका हुन्। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्। मनाङका राजीव गुरुङ एकमात्र स्वतन्त्र सांसद हुन्।