इन्द्रबहादुर बाँनीया/फाइल फोटो

हेटौंडा । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आपत्ति जनाएका छन् ।

नेता बानियाँले बिहिबार एक बिज्ञप्ती निकाल्दै युवा नेता लामाको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए । उनले कुनैपनि नागरिकले स्वतन्त्रपूर्वक हिड्डुल गर्न पाउँने अधिकार कुण्ठित हुने गरी प्रहरीको नियन्त्रणमा राख्नु गलत भएको बताए ।

विज्ञप्तीमा नेता बानियाँले नेता लामालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको दावी गरिएपनि बर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखी पक्राउ गरेर ज्यादती गरेको दावी गरे ।

नेता बानियाँले जारी निषेधाज्ञा उलंघन गरेको भन्दै निन्त्रणमा लिएपनि एउटा दलको नेतालाई सामान्य सोधपुछ गरेर छाड्न सकिने वा जरिवाना लिएर छाड्नुपर्ने भएपनि नियन्त्रणमा राखी अनावस्यक सोधपुछ गर्नु बदनियत र दुर्भाग्यपूर्ण भएको बताउँदै नेता लामालाई विना शर्त तत्काल छोड्न विज्ञप्ति मार्फत आग्रह गरे।

निषेधाज्ञा उलंघन गरेको आरोपमा लामासहित ३ जनालाई बिहीबार कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । गत आम निर्वाचनमा बागमती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवारसमेत रहनुभएका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निर्वतमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउन भूमिका खेलेको चर्चा चलेको थियो ।