हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति बिना राहत वितरण नगर्न आग्रह गरेको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले राहत सामग्री वितरण गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाले सम्बन्धित स्थानीय तह वा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिबाट अनुमति लिई मात्र राहत वितरणको कार्य गर्न अनुरोध गरेको छ ।