हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा अवज्ञा गरेर पसल संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले ३ वटा पसलका संचालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

प्रशासनले जेठ २६ गते बुधबार हेटौंडाको विभिन्न वडा स्थितका ३ पसलका संचालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । प्रशासनले निषेधाज्ञा अवज्ञा गरेर हार्डवेयर पसल संचालन गरेको भन्दै हेटौंडा-४ का दिपेश खड्गी,कपडा पसल संचालन गर्ने हेटौंडा-२ का विक्रम चौलगाई,मोबाईल पसल संचालन गर्ने हेटौंडा-२ का यसेस रिजाललाई नियन्त्रणमा लिएर २/२ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि बुधबार निषेधाज्ञा अवज्ञा गरी सवारी साधन सञ्चालन गर्ने १ ट्याम्पो सहित २ सवारी साधनलाई ५ हजार जरिवाना गरिएको र १३ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको प्रशासनले जनाएको छ । प्रशासनले मास्क नलगाई हिंडडुल गर्ने १ जनालाई एक सय जरिवाना गरिएको जनाएको छ ।