बकैया ।
मकवानपुर को बकैया गाउँपालिकमा रहेको चारवटा माध्यामिक तहको विद्यालयले अनलाईन कक्षालाई जारी राखेका छन् । कोभिड–१९ को संक्रमणको कारण शैक्षिक सस्था बनद रहेको अवस्थामा चार विद्यालयले भने अनलाईन शिक्षालाई निरन्तरता दिएको हो । बकैयामा रहेको ११ वटा माध्यामिक तहको विद्यालय मध्ये ४ वटामा अनलाईन कक्षा सञ्चालनमा आएको हो भने अन्य विद्यालयमा पनि तयारी भैरहेको बताईएको छ ।

अनलाईन कक्षा सञ्चालन गर्ने विललयमा महेन्द्र मावि छतिवन, जनक मावि भिरकोट, बुद्ध मावि हात्तिसुडे तथा प्रभात मावि श्रीपुर रहेका छन् । यि विद्यालयहरु बकैयाको सुगम क्षेत्रमा पर्ने, इन्टरनेटको सहज ब्यवस्थापन भएको कारण पनि अनलाईन कक्षा सञ्चालनमा संभव भएको हो ।
कोभिड संक्रमणको समयमा विद्यालयहरु भौतिक रुपमा बन्द भएपनि भर्चुअल माध्यमबाट सञ्चालन गर्न सकिने सरकारको नीति अनुसार आफुहरुले विद्यालयमा अनलाईन शिक्षा सुरु गरेको बुद्ध मावि हात्तिसुडेका प्राचार्य प्रेम बोम्जनले खबरब्रेकलाई बताए ।

कक्षा ८ बाट १२ सम्मका विद्यार्थीहरुलाई अनलाईन कक्षा सञ्चालन गरिएको उनको भनाई रहेको छ । तर ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँचको समस्या, विद्युत गैरहने समस्याको कारण अनलाईन कक्षा सोचेजस्तो प्रभावकारी नरहेकेो उनको भनाई रहेको छ ।
इन्टरनेट र लोडसेडिङ्ग को समस्या भएका ले भौतिक कक्षा जस्तो अनलाइ कक्षा प्रभावकारि नभएको कक्षा दशमा अध्यनरत छात्रा लक्ष्मि लो भन्छिन । उनले भनिन् स्कुल गएर अध्यन गरेजस्तो त अनलाईन कक्षा हुने रैनछ । बकैया गाउँपालिकाको सबै विद्यालयमा इन्टरनेटको पहुँच विस्तार गर्न सकिएपनि सबै विद्यार्थीहरु इन्टरनेटको पहुँचभित्र नपर्ने समस्याको कारण अनलाईन कक्षा सञ्चालनमा समस्या भएको बकैयाका ग्रामिण विद्यालयका शिक्षकहरु बताउउछन् ।

बकैया गाउँपालिकामा हाल ११ वटा मावि, ८ वटा निमावि तथा ५७ वटा आधारभुत विद्यालयहरु रहेका छन् । १२ वटा वडा रहेको बकैया जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिका पनि हो । बकैया गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण प्रसाद चापाँगाईको अनुसार अब चाँडैनै अन्य एक दर्जन विद्यालयमा अनलाईन शिक्षा लागु गर्ने तयारी गरिएको छ ।


मधु तिमल्सिना
मधु तिमल्सिना, पुर्वी मकवानपुरको तर्फबाट खबरब्रेक डटकमको लागि बकैया गाउँपालिकामा रहेर रिर्पोटिङ गर्नुहुन्छ ।