दुर्घटनामा परेर तीन वर्षदेखि थला परेकी ललितपुरको बतासे घर भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालले उद्धार गरेर उपचार सुरु गरेको जनाएको छ ।

तीन वर्षअघि भारतको देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी घिमिरेको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर, भारतमा उपचार गर्न महंगो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले उनलाई नेपालमै ल्याएको दावी अस्पतालको छ ।

नर्भिक अस्पतालका अनुसार काठमाडौंमा ल्याएपछि उनको ट्रमा सेन्टरमा ३ महिनासम्म उपचार गरिएको थियो । नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यहीबीचमा कोरोनाको संक्रमणसमेत बढेपछि बिनाउपचार उनी घरमै रहन बाध्य भएकी उनको नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेको अस्पतालको विज्ञप्तिमा जनाइएको छ ।