नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको भत्ता तोकिएको छ ।खेलाडीहरुको एक दिवसीय र ट्वेन्टी खेलको भत्ता तोकिएको हो ।

पुरुष खेलाडीले एक दिवसीय खेल बापत १० हजार र ट्वेन्टी ट्वेन्टी खेल बापत पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले पाउने भत्ताको तय भएको हो ।

त्यस्तै महिला टोलीका खेलाडीले भने एक दिवसीयमा ५ हजार र ट्वेन्टी ट्वेन्टीमा ३ हजार रुपैयाँ पाउने भएका छन् ।पहिलो पटक खेल खेल्दा भत्ताको व्यवस्था गरिएको हो । तर पुरुष र महिला खेलाडीमा भने भत्तामा अन्तर गरिएको छ ।

त्यस्तै बन्द प्रशिक्षणमा परेका खेलाडीले दैनिक पाँच सय रुपैयाँका दरले भत्ता पाउने छन् ।