राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य पाण्डेलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको शपथ गराएका हुन् । शपथपछि पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारको लागि आवाज उठाउने बताएका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका उम्मेदवार पाण्डे लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।