May be an image of one or more people, people standing and fire

हेटौँडा । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को १६ औं स्थापना दिवसको अवसरमा हेटौँडामा कोरोना संक्रमणको कारण ज्यान गुमाएका नागरिकको सम्झनामा दिप प्रज्ज्वलन गरिएको छ ।

May be an image of 2 people, people standing and fire
मेलान मकवानपुरको आयोजनामा हेटौंडा अस्पताल लगायत सबै स्वास्थ्य संस्थाहरुमा देशैभर कोभिडका कारण ज्यान गुमाउनु भएका सम्पुर्ण प्रयोगशालाकर्मी,स्वास्थ्यकर्मी, चिकित्सक लगायत आम नागरिकको सम्झनामा एक मिनेट मौन धारण र दिप प्रज्ज्वलन गरिएको हो । कार्यक्रममा देशैभर कोभिड–१९ बाट संक्रमित सम्पूर्ण स्वास्थ्यकर्मी, आम नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको मेलानका केन्द्रीय नेता उत्सव चौँलागाईले बताए ।

May be an image of one or more people, people standing, fire and outdoors