कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो। सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्यान लिइसकेको छ।

२०७६ माघ १० मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको नेपालमा हालसम्म ५ लाख ९१ हजार संक्रमित भइसकेका छन् भने ७ हजार ९९० ले अकालमा ज्यान गुमाइसकेका छन्। नेपालमा संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशत हाराहारीमा छ। यो दर महामारी फैलावटको हिसाबले उच्च हो। हाल संक्रमण सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी फैलिएको छ। अधिकांश जिल्लामा विगत ८ सातादेखि निषेधाज्ञा जारी छ। पछिल्ला दिनमा कोरोना भाइरसको मृत्युदर १.६ प्रतिशतमा उक्लेको छ।

जनस्वास्थ्यको यस्तो चरम संकटका बेला स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी सुरु भएको डेढ वर्र्षमा गत साता तेस्रो स्वास्थ्यमन्त्री नियुक्त गरेका छन्। यसरी महामारी नियन्त्रणमा केन्द्रीय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन भएको छ।

गत पुस १० मा नियुक्त भएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ६ महिना नपुग्दै बाहिरिएका छन्। उनलाई गत साता गरिएको मन्त्रिमण्डल हेरफेरका क्रममा शेरबहादुर तामाङले प्रतिस्थापन गरेका छन्। त्यसअघि भानुभक्त ढकालले एक वर्षजति मन्त्रालयको नेतृत्व सम्हालेका थिए।

त्यसो त ओलीले ३ वर्षमा ५ पटक स्वास्थ्यमन्त्री फेरेका छन्। संसद्को लगभग दुईतिहाइ सदस्यको समर्थनमा सरकार गठन गरेका प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। अर्यालले मन्त्रीसरहको अधिकार प्राप्त गरेकी थिइन्। अर्यालले एक वर्षभन्दा बढी नेतृत्व सम्हालेपछि २०७५ जेठमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि २०७६ मंसिरमा स्वास्थ्यमन्त्रीको जिम्मा भानुभक्त ढकालले लिएका थिए।

मन्त्रालयको यो नेतृत्व परिवर्तन महामारी नियन्त्रणमा सक्षम नेतृत्व दिने व्यक्तिको खोजीभन्दा पनि प्रधानमन्त्रीले आफ्नो सत्ता स्वार्थ पूरा गर्नमा केन्द्रित देखिएको छ। विषयगत विज्ञता गौण देखिएको छ। मन्त्रीमात्र होइन, ओली सरकार गठन भएको ३ वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आधा दर्जन सचिव फेरिएका छन्।

नेपालका लागि इतिहासकै सबैभन्दा ठूलो महामारीको यो पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयलाई सक्षम र स्थिर नेतृत्वको आवश्यकता हुँदाहुँदै पनि त्यसलाई ‘पंगु र अस्थिर’ पार्न प्रधानमन्त्री जिम्मेवार देखिएका छन्। राजनीतिक नेतृत्वले यो संकटका बेला जनसाधारणलाई आश्वस्त पार्न जनस्वास्थ्यसम्बन्धी वैज्ञानिक सूचना र सन्देश दिनुपर्ने हुन्छ र महामारी नियन्त्रणका सरकारी प्रयासमा आम समुदायको विश्वास लिनुपर्छ। तर प्रधानमन्त्री स्वयंले कोरोना महामारीको सुरुमा नेपालीको रोग प्रतिरक्षा शक्तिका बारेमा असंगत सन्देश दिएका थिए, जसले भ्रम सिर्जना भएको थियो।

परिचित राजनीतिक अनुहारबाट प्रवाह हुने सन्देशको प्रभाव जनसाधारणमा अधिक हुन्छ। दोस्रो लहर देशव्यापी फैलेको हालको अवस्थामा कोरोना नियन्त्रणका लागि प्रमुख विकल्प रहेको खोपको उपलब्धता सुनिश्चित गर्न पनि मन्त्रालयको भूमिका झन् बढेर गएको छ। खोप अभियानको सुरुवाती सफलता अहिले लरबरिएको छ। कोभिड–१९ महामारीमा मन्त्रालय ‘आफैं बिरामी र अस्थिर’ भएको नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की ठान्छन्। श्रीराम सुवेदीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।