May be an image of 7 people, people standing and outdoors

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर–५ क्याम्पा डाँडामा रहेको क्याम्पा रंगशाला निर्माणको लागि सहयोग आउने क्रम जारी छ । यसै क्रममा आज हेटौँडाका युवा ब्यवसायी सरोज पोखरेलले १ लाख १ हजार रुपैँया सहयोग गरेका छन् । आज वडा अध्यक्ष राजेश बाँनीयाको उपस्थितीमा पोखरेलले सो रकम पिप्ले युवा क्लबलाई हस्तान्तण गरेको क्लबका अध्यक्ष शुसिल घिमिरेले बताए ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा निर्माण भैरहेको रंगशालाको हाल प्याराफिट निर्माणको काम जारी रहेको छ ।
करिब १५ हजारसम्म दर्शक बसेर फुटबल हेर्न मिल्ने प्याराफिट सहित एथलेटिक्स खेलको लागि समेत ट्रयाक निर्माण भैरहेको घिमिरेको भनाई रहेको छ । यसैगरी आजै नविन पराजुली तथा विनोद पराजुलीले १० हजार रुपैँया सहयोग गरेको क्लबले जनाएको छ । त्यसैगरी आजै संगिता श्रेष्ठले पनि आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेकि छिन् ।
पिप्ले युवा क्लबले विभिन्न सहयोग तथा हेटौँडा उपमहानगरपालिकाको सहयोग सहकार्यमा उक्त रंगशाला निर्माण गरिरहेको छ ।