। उत्तर कोरियाले बाह्य सांस्कृतिक प्रभावबाट आफूलाई मुक्त राख्न कडा कानून लागु गरिएको घोषणा गरेको छ । बीबीसीका अनुसार उत्तर कोरियाले विदेशी फिल्म, पहिरन, विदेशी भाषा बोल्न प्रतिबन्ध लगाइएको जनाएको छ । नेता किमजङ उनले ‘प्रतिक्रियावादी सोचविरुद्ध’ भन्दै यस्तो नियम ल्याएको जनाएका छन् । डेली एनके सो नामक संचारमाध्यमले विवरणबारे अन्तर्राष्ट्रिय संचारमाध्यमलाई जानकारी गराएको छ ।

प्रधान सम्पादक ली साङ योङले भनेका छन्, ‘यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।’