अहिले अधिकाशं मानिसमा देखिएको समस्या हो, अनिन्द्रा । यो समस्याको मुख्य कारक हो, गलत जीवनशैली, खानपान र प्रविधिको प्रयोग । यस्तोमा कसरी गहिरो र मिठो निन्द्रा प्राप्त गर्ने त रु

एक अनुसन्धान अनुसार मिठो निन्द्रा चाहानेले राती १० बजेभित्र सुतिसक्नु पर्दछ । बेलायतमा भएको यो अनुसन्धान अनुसार कुनै पनि व्यक्तिले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।

व्यस्त जीवनमा उपयुक्त रूपले निदाउन अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सघाउँछ । अध्ययन अनुसार उमेरको चौथो दशकमा राम्रो निन्द्रा पर्दैन । आठौं दशकमा मानिस राम्ररी निदाउँन सक्छ ।