लुम्बिनी प्रदेशमा आज उपनिर्वाचन हुँदैन। राष्ट्रियसभा सदस्यको प्रदेशमा रिक्त एक सदस्य पदका लागि आज उपनिर्वाचन हुन लागेको हो। निर्वाचनको तयारी पूरा भएको छ।

विहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान हुने छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।

यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा बिजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारवाही गर्दा सो पद खाली भएको थियो। मतदानका लागि प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उप्रमुख दाङ पुगेका छन्।

एमालेमा प्रवेश गरेका उनै खड्का उम्मेदवार बनेका छन्  भने कांग्रेसको तर्फबाट दीर्घ नारायण पण्डेय चुनाबी मैदानमा छन्।

कुल मतदाता संख्या २ सय ९६ रहेको उक्त पदका लागि कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका पाण्डेको साथमा माओवादी केन्द्र, जसपाको बाबुराम उपेन्द्रसमूह र जनमोर्चाले साथ दिएका छन्। पाण्डेय एमालेबाट कांग्रेसमा प्रवेश गरेका हुन।