यज्ञ भट्ट,

सामान्यतया हरेक मानिस,संघ,सस्था र संगठनको आलोचना या तारिफ भैरहने कुरा कुनै आस्चर्यको बिषय होईन।त्यसमा पनि समाज र राष्ट्र को जिम्मेवार मान्छेको बिषयमा त अलि बढी नै चर्चा या आलोचना हुने गर्दछ र यो एउटा प्राकृतिक नियम पनि हो।यसमा धेरै आस्चर्य अनौठो र चिन्ता मान्नुपर्ने बिषय त केही छैन।तर पनि स्वस्थ र सकारात्मक आलोचना र बिरोधले समाज र राष्ट्र लाई समृद्द र सस्कृतियुक्त बनाउछ भने नकारात्मक,भ्रामक र पुर्बागहयुक्त बिरोधले समाज लाई ठूलो हानी पुर्याईहहेको हुन्छ।झाट्ट हेर्दा एकछिन रमाउने र चर्चा पाउने आस र लोभले सम्बन्धित बिषयको अन्तरबस्तु राम्रोसँग अध्ययन नै नगरी सतही दृष्यको आधारमा बिरोध र आलोचना गरिरहने एउटा भयंकर कुसंस्कारले हामिलाई पोलिरहेको छ।

यो बानी र ब्यबहारले एकछिन का लागि केही मान्छे र समूह लाई लाभ प्राप्त भए पनि यसले दीर्घकालिन रुपमा सिङ्गो समाज माथी नराम्रो असर पारिरहेको हुन्छ।त्यसकारण सम्बन्धित बिषयको अध्ययन गरि तथ्य र सत्य प्रष्ट संग बुझेर मात्रै टिप्पणी गर्ने बानिको बिकास गरौ।यसले नै हामी सबै लाई लाभ प्राप्त हुनेछ। अब कुरो रह्यो सरकारको।हरेक राष्ट्रको सरकार त्यहाको जनताको रक्षा/उन्नती र भलाई का निम्ति निर्माण हुने भएकाले स्वभाबिक रुपमा सरकार प्रती जनताका प्रश्न/असन्तुष्टि र गुनासाहरु हुने गर्दछन।तर नेपालको बर्तमान अवस्था लाई अध्ययन गर्दा बढी भन्दा बढी अर्थात आम जनताको बर्तमान सरकार माथी गहिरो आस,बिस्वास र भरोसा रहेको देखिन्छ।
नेपालको राष्ट्रियता,सार्बभौमसत्ता र अखण्डता को रक्षा,जनताको सामाजिक सुरक्षा को उच्च सम्मान,शिक्षा,स्वास्थ्य र रिजगारिको उचित ब्यबस्थापन,आर्थीक-सामाजिक रुपान्तरणका माध्यम बाट समृद्द,बिकशित र उच्च सस्कृती युक्त राषट्रको निर्माण यो सरकारको नेतृत्व मा अर्थात ओलीको नेतृत्व मा मात्रै सम्भब छ भन्ने कुरामा आम जनता बिस्वस्थ र प्रतिबद्ध छन।तर अचम्म को कुरा सरकारले गरेका जुनसुकै कामहरु लाई पनि गलत व्याख्या र कुप्रचार गरेर सरकारको लोकपृयता घटाउन खोज्ने र जबर्जस्त रुपमा आफ्नो नक्कली चर्चा/परिचर्चा गर्न-गराउन केही मिडियाकर्मी,राजनितिकर्मी,नागरिक अगुवा,बुद्दिजिबी र कानुन ब्यबसायी हरु हात धोएरै लागेका छन।
यो सरकारले सिके राउत जस्तो बिखण्डन र अराजकता को राजनिती गरिरहेको मान्छे लाई बिखण्डनवाद र उग्र राजनितिको घोरेटो बाट समातेर देशको मुल राजनितिक राजमार्ग को यात्रा मा प्रबेश गराउदै नेपाल बाट सधै-सधै का निम्ति बिखण्डनवाद को उन्मुलन गर्यो।के यो सामान्य उपलब्धी थियो र?तर राजनितिक रतन्धोले ग्रसित केही थान मान्छे हरुले यो उपलब्धि को कुप्रचार गर्दै सिके राउत जस्तो देशद्रोही सित ओलीले सम्झौता गर्यो भन्ने भ्रम सृजना गर्ने काम गरे।त्यस्तै असान्ती र ध्वङ्स को राजनिती गरिरहेको बिप्लप समूह लाई सान्ती र प्रतिस्पर्धा को राजनिती भित्र प्रबेश गराएर नेपाल मा हुने अघोषित बन्द-हड्ताल,चन्दा आतंक र लुटपाट लाई सधैका निम्ति अन्त्य गर्यो।के यो सामान्य उपलब्धी थियो र?तर राजनितिक रतन्धोका प्यासेन्ट हरुले यो उपलब्धिको कुप्रचार गर्दै सरकारले बिप्लप जस्तो अपराधिक समूह संग सम्झौता गरेको आरोप लगायो। बिप्लप को आतंक र त्रास नेपाली समाजको चाहना थियो या यसको अन्त्य जनताले चाहेका थिए?यसमा हामी सबै प्रष्ट छैनौ र?
यस्तै गरि सरकारले नेपालको ईतिहासमै पहिलो पल्ट भारतले अतिक्रम गरेका नेपाल का ऐतिहासिक भुमिहरु लिपुलेक,कालापानी र लिम्पियाधुरा क्षेत्र समाबेश गरि नेपालको नक्सा जारी र प्रकाशित गर्ने अभुतपूर्ब काम सम्पन्न गर्यो।यो नेपालको भौगोलिक अखण्डता र राष्ट्रियता को सन्दर्भमा देश र जनताले प्राप्त गरेको ऐतिहासिक उपलब्धी हो।यो ऐतिहासिक उपलब्धिको सम्मान,समर्थन र रक्षा गर्नु हरेक नेपालिको कर्तब्य हैन र?तर राजनितिक रतन्धोले पिडित केही थान मान्छेहरुले यो उपलब्धि को सम्मान र रक्षा गर्नुको साटो पीएमले काटेका केक माथिका नक्सा,राष्ट्रिपतिले प्रदान गरेका पदक माथिका नक्सा माथी मजाक उडाएर त्यो सामान्य र सरल प्राबिधिक कुरालाई राष्ट्रिययाको यो महान उपलब्धी संग तुलना गरि सरकरको बदनाम गर्ने काम गरे।यस्तै सरकारले बर्तमान सन्दर्भ मा कोरोना रोकथाम र नियन्त्रण मा ठुको तदारुकता का साथ काम गरिरहेको छ।कोरोनाको पहिलो लहर चलिरहदा एउटा मात्रै परीक्षण ल्याब भएको हाम्रो देशमा अहिले सबै जिल्ला मा परीक्ष ल्याबहरु स्थापना भएका छन।
करिब २१ लाख नागरिकले कोरोना बिरुद्ध को खोप प्राप्त गरिसकेका छन।निकट भबिष्यमै अमेरिका र बेलायत बाट १ करोड खोप ल्याउने तयारी सरकारले गरिसकेको छ।देशमा प्राय सबै जिल्ला मा अक्सिजन प्लान्ट जडानको कार्य सम्पन्न भैइरहेको छ।सक्षिण एसियमा नेपाल कोरोना माथी रोकथाम र नियन्त्रण गर्न सफल राष्ट्रहरु मध्ये दोश्रो नम्बरमा छ।यी सबै उपलब्धीहरु माथी नजर अन्दाज गर्दै एकोहोरो सरकारको अस्वस्थ बिरोध मात्रै गर्ने त भ्रामक समाचार र टिप्पणी हरुले मिडियाबाजी गरि झट्ट हेर्दा सरकार र केपी ओलीको बिरोध जस्तो देखिए पनि यथार्थमा यसले नेपाल राष्ट्र र नेपाली समाज लाई असफल बनाउने गम्भीर सडयन्त्रको तयारी भईरहेको बुझिन्छ।
त्यसकारण सत्य र तथ्यको आधार मा बिषयबस्तुको अध्ययन गरि सरकारका कमजोरी माथी खबरदारी गर्ने र उपलब्धी हरुको रक्षा र सम्मान गर्ने गर्दै सरकार लाई सहयोग गर्ने र देश लाई समृद्द बनाउने दिशामा हामी सबै अगाडि बढौ। स्वभाबिक रुपमा केपी ओलि पनि एउटा मान्छे नै हुन र यहि समाज भित्रै बाट उनको उत्पत्ती र उदय भएको हो।त्यसकारण उनले नेतृत्व गरेको सरकार र उनमा कुनै कमजोरी छैन र उहाँ कमजोरि रहित मान्छे हो भन्ने कुरा कत्ति पनि बान्छनिय हुदैन।तर नेपालको बर्तमान उच्च राजनितिक नेतृत्व जो प्रधानमन्त्री भैसके र हुने लाईन मा अर्थात पङ्तिमा हुनुन्छ उहाहरु सबैको तुलनात्मक अध्ययन गर्दा ओली नै सर्बश्रेषठ हुन भन्ने कुरामा म चाहिँ कुनै संकोच नमानी दृढताका साथ भन्न सक्छु।