बलिउड अभिनेता सलमान खानको फिल्म ‘राधे’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ ।

राधेलाई समीक्षक र दर्शकले खराब रेटिङ दिएका छन् । सलमानको करिअरकै झुर चलचित्रको रुपमा यसलाई विश्लेषण गरिएको छ ।

राधले चलचित्रलाई दर्शकले मन पराएका छन् । राधेलाई भारतमा ओटीटी र डीटीएच प्लेटर्फमबाट रिलिज गरिएको छ ।

राधेले रिलिज भएको पहिलो दिन ४२ लाख भ्यूज पाएको छ । सलमानले सामाजिक संजालमा पोष्टर शेयर गर्दै दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

प्रभु देवाको निर्देशनमा तयार भएको राधेले पहिलो दिन ओभरसिज मार्केटमा ४ करोडभन्दा बढीको व्यापार गरेको छ ।

राधेमा सलमान खान, दिशा पटानी, ज्याकी श्राफ, रणदीप हुड्डा लगायतका कलाकारको अभिनय छ ।