हेटौँडा मकवानपुरको हेटौँडामा आगामी जेठ १ गतेबाट निषेधज्ञालाई थप कडा बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जेठ १ गतेबाट लागु हुनेगरि १३ गतेसम्म दोश्रो चरणको निषेधज्ञा गर्ने तयारी गरेको छ । हाल मकवानपुरको चारवटा स्थानीय तहमा निषेधज्ञा लागु गरिएको छ । जसमा हेटौँडा उपमहानगरपालिका सहित भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका तथा थाहा नगरपालिका रहेको छ ।

तर मकवानपुरमा कोरोना संक्रमण कमि नभएपछि प्रशासनले थप कडाईको साथमा निषेधज्ञा लागु गर्ने तयारी प्रशासन कार्यालयले गरेको हो । खबरब्रेक संग कुरा गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी -प्रजिअ भरत मणी पाण्डेले जिल्लामा सक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिमलाई नियन्त्रणको लागि जारी निषेधाज्ञालाई थप गर्दै कडाईका साथ कार्यान्यन गर्ने तयारी भईरहेको बताए । उनले भनेः संक्रमण दर बढीरहेको छ,जारी निषेधाज्ञा लम्बिने सम्भावना छ । निषेधाज्ञा जारी गरेदेखिको संक्रमण दरको विश्लेषण,जोखिम अध्ययन,विज्ञहरुको राय सुझाँव लिँदै छलफलमा छौ ।

                                          अब यसरी कडा हुँदैछ मकवानपुरमा निषेधज्ञा

१) प्रत्येक बैंकहरु हप्ताको २ दिनमात्र खुल्ने ।
२) निशेधाज्ञाको समयमा ब्यवसाय खुलेको पाईएमा १ महिनादेखि ६ महिनासम्म जेल सजाय हुने ।
३) बसपार्कको तरकारी होलसेल पसलमा अनलोड मात्र गर्न पाईने र गाडिबाट अन्य क्षेत्रमा डेलिभरी दिने मात्र सुविधा पाईने । बसपार्कमा भिडभाड गर्न नपाईने ।
४) तरकारीहरु बिक्रीको लागि होम डेलिभरीको ब्यवस्था मिलाउन आवश्यक ब्यवस्था प्रशासनबाट हुने ।
५) मासु पसलहरु खोल्न नपाईने ।
६) पुर्वमा माछा प्लान, पश्चिममा राप्ती पुल उत्तरमा लोकप्रिय होटल र दक्षिणमा कर्रा पुलभित्रका क्षेत्रमा कडा खालको निशेधाज्ञा जारी हुने ।
७) अनावश्यक काममा हिडने पैदलयात्रु तथा सबारी साधन प्रहरीले नियन्त्रणमा लिई १ महिनासम्म जेल सजाय हुने