हेटौंडा । मकवानपुरको १० स्थानीय तह मध्ये ४ स्थानीय तहमा बैशाख २० गतेबाट ३१ गतेसम्म जारी निषेधाज्ञा लम्बिने भएको छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले गएको २० गतेबाट ३१ गतेसम्म मकवानपरको हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी राखेको छ ।

खबरब्रेक संग कुरा गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भरत मणी पाण्डेले जिल्लामा सक्रमितको संख्या बढ्दै गएको र संक्रमणको जोखिमलाई नियन्त्रणको लागि जारी निषेधाज्ञालाई थप गर्दै कडाईका साथ कार्यान्यन गर्ने तयारी भईरहेको बताए । उनले भनेः संक्रमण दर बढीरहेको छ,जारी निषेधाज्ञा लम्बिने सम्भावना छ । निषेधाज्ञा जारी गरेदेखिको संक्रमण दरको विश्लेषण,जोखिम अध्ययन,विज्ञहरुको राय सुझाँव लिँदै छलफलमा छौ ।

प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डे  । फाईल तस्विर/खबरब्रेक

प्रजिअ पाण्डेका अनुसार बिहिबार या शुक्रबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने तयारी छ । बैठकमा जिल्लाका निषेधज्ञा जारी नभएका स्थानीय तहको विषयमा पनि छलफल हुने प्रजिअ पाण्डेले बताए । उनले भनेः जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमितको संख्या बढ्दै गईरहेको छ,अब कस्तोको खालको मोडालिटिबाट जाने भनेर जोखिम अध्ययन तथा विज्ञहरुको राय सुझाव छलफलमा छौ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको कार्यलय । तस्विर/खबरब्रेक

मकवानपुरमा निषेधाज्ञा नभएका स्थानीय तहहरु पनि दिनानुदिन संक्रमण बढिरहेको छ । निषेधाज्ञा नभएका स्थानीय तहहरुमा मकवानपुरगढी,बमगमती,बकैया,कैलाश,राक्सिराङ र इन्द्रसरोबर गाउँपालिका रहेका छन् ।

संक्रिय संक्रमित १६५९ जना
जिल्लामा हाल १ हजार ६ सय ५९ जना सक्रिउ संक्रमित उपचारत रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । जसमा हाल १ हजार ५ सय ६६ जना संक्रयि संक्रमित आफ्नै घरमा र ९३ जना सक्रिय संक्रमित आइसोलेसननमा उपचाररत रहेका छन् ।

मकवानपुरमा हालसम्म ५ हजार ७ सय ४२ जनामा कोरोना पुष्टि भएकामा ४ हजार ४२ जना निको भइसकेका छन् । जिल्लामा कोरोनाको कारण हालसम्म ४६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुरको दैनिक कोरोना अपडेट ।